हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
हुम्ला | असार २, २०८२
सांकेतिक तस्वीर
हुम्ला: हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् ।
आइतबार राति स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी सोमबार बिहान मात्रै नियन्त्रणमा आएको हो ।
आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट रुपमा भएको स्थानीय धनबहादुर रावतले जानकारी दिए । आगलागीको कारण खुलेको छैन ।
सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।
आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुली फडेराको घर जलेर नष्ट भएको बताइएको छ ।
आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको पीडित धनबहादुरले बताए ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

